ब्रदर डिपिसि–टि७०० डब्ल्यु मल्टिफङ्सन वायरलेस प्रिन्टर

Sagar Distribution Pvt. Ltd.

ब्रदर डिपिसि–टि७०० डब्ल्यु मल्टिफङ्सन वायरलेस प्रिन्टर !

नेपालका लागि जापानी कम्पनी ब्रदरका प्रडक्टहरुको आधिकारिक विक्रेताको रुपमा रहेको सागर ग्रुपले ब्रदरको इंकजेट रिफिल ट्यांक मल्टिफङ्सन प्रिन्टर नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले डिपिसि–टि७००डब्ल्यु (DCP-T700W) नयाा रिफि ट्यांक सिस्टम भएको प्रिन्टर ल्याएको हो । यस सिस्टमले १२ हजार ब्लाक एन्ड वाइट र ५००० कलर पेजहरु छाप्ने क्षमता राख्दछ । यस प्रिन्टरबाट प्रिन्ट, स्क्यान, कपी, वाइफाइ र एडिएफ (अटोमेटिक डक्युमेन्ट फिडर) को पनि काम गर्दछ ।

A3

यो प्रिन्टर विशेषत होम तथा अफिसका लागि उपयुक्त रहेको कुरा विक्रेता कम्पनीले जानकारी दिएको छ । डिपिसि–टि७००डब्ल्यु को इंक ट्यांकहरु पनि सुलभ मूल्यमा पाउन सकिने छ ।

प्रिन्टरले विन्डोज र म्यासिन्टोश दुबै अपरेटिङ सिस्टममा काम गर्दछ । डिपिसि–टि७००डब्ल्युमा भएको अटोमेटिक डक्युमेन्ट फिडर फिचरले गर्दा प्रिन्टरले कपि र स्क्यान अटोमेटीकल्ली गर्दछ । तपाईले प्रिन्टरमा एकपछि अर्को गर्दै पेपर राख्ने झन्झट पनि गर्नुपर्दैन ।

यसैगरी, यसमा रहेको वायरलेस फिचरबाट तपाईले सोझै आफ्नो मोबाइल फोनबाट अर्डर दिएरै मात्र पनि प्रिन्ट गर्न सक्नुहुनेछ । नेपाली बजारमा यसको अधिकतम मूल्य रु. २८ हजार ९ सय रहेको छ ।

Source: http://livingwithict.com/news-product-printer-brother-001/